काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले चार लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख ३२ हजार १०८ मत ल्याएको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ४१ हजार ६८९ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले दुई लाख ७७७ मत ल्याएको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।