कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।
निर्वाचन आयोगका अनुसार विद्या भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी भएकी हुन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत पाएका छन्। उनीहरूबीच ४ हजार ५०३ मतको अन्तर छ।