गोरखा । गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै गठबन्धनका उम्मेद्वार बजगाईं विजयी भएका हुन्।
बजगाईंले ३३ हजार ४६८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरेका छन्। गोरखा १ मा कूल एकलाख १५ हजार ३९७ मतदातामेध्य ६० हजार ४३१ मत खसेको थियो।