धनगढी । कैलाली-४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् ।
एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् । भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन् ।