पोखरा । कास्की क्षेत्र १ (२) का लागि प्रदेशसभा सदस्यमा नेकपा एमालेले जीत हात पारेको छ । यसअघि मादी गाउँपालिका अध्यक्ष समेत रहेका वेदबहादुर गुरुङ (श्याम) विजयी भएका हुन् । उनले ८ सय ६७ मतान्तरले विजयी भएका हुन् ।
बुधबार सम्पन्न अन्तिम मत परिणाममा श्यामले १२ हजार ६ सय ६१ र उनका निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार दीपक गुरुङले ११ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् । यसअघि कास्की क्षेत्र ३ (१) बाट एमालेका गणेशमान गुरुङ र कास्की २(१)बाट भीम कार्की निर्वाचित भइसकेका छन् ।
प्रतिनिधिसभातर्फ कास्कीमा ३ क्षेत्र रहेकोमा प्रदेशसभाका बाँकी ३ क्षेत्रको गणना बुधवारदेखि बल्ल मतगणना थालिएको छ ।