कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ मा काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्द्वी एव निवर्तमान सांसद् निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।
लेखकले ३० हजार, ५ सय २३ र पालले १८ हजार, ४ सय ४८ मत पाएका छन् ।