बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ५ मा मङ्सिर १० गते चुनाव हुने भएको छ । मङ्सिर ४ गते एमाले र काँग्रेस पक्ष बिच भएको झडपले मतदान स्थगित भएको हो ।
निर्वाचन आयोगले मङ्सिर १० गते चुनावको मिति तोकेको त्यही अनुसार चुनाव हुने भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताएका छन् ।
४ गते २८ मत खस्ने बित्तिकै धाँधली भएको थियो । बुढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।