काठमाडौं। वाग्लुङ निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवेन्द्र पौडेल निर्वाचित भएका छन्।
एमालेकी मन्जु शर्मालाई पराजित गर्दै पौडेल निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
पौडेलले २४ हजार ७७९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी शर्माले २० हजार १८० मत प्राप्त गरेकी छन्।