काठमाडौं। बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन्।
नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन्। लालवीरसंग माओवादीका सुरेश पन्थ पराजित भएका हुन्।
चौधरीले २६३६६ मत पाए भने माओवादीका पन्थले २४१०३ मत ल्याए।
त्यस्तै, एमालेका पंकज सिंह राठौरले १४४१२, राप्रपाका विनय रावलले १२०१० मत पाए।