काठमाडौं। कैलाली क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ।
एउटा मत अर्धकट्टीसहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले बहिष्कार गरेपछि मतगणना रोकिएको हो।
प्रतिनिधि सभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टीसहित भेटिएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए।
उनले उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसमा छलफल गरेर मात्रै पुनः मतगणना सुरु गरिने बताए।
त्यहाँ कांग्रेसका वीर बहादुर बलायरले अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा एमाले सचिव लेखराज भट्ट छन्।