काठमाडौं। हुम्लाका चार वटा गाउँपालिकाका मतपेटिकाहरू चुनाव सम्पन्न भएको चार दिन भइसक्दा पनि मतगणनास्थल सिमिकोट पुगेका छैनन्।
प्रदेश सभा क अन्तर्गत पर्ने चंखेली, सर्केगाड, अदानचुली र ताजाकोट गाउँपालिकाका ३४ वटा मतदान केन्द्रका १३६ वटा मतपेटिकाहरू सर्केगाड गाउँपालिकामा थन्किएका छन्।
ढुवानीको लागि तीन दिनदेखि हेलिकप्टरको प्रतीक्षा गर्दा पनि बुधवारसम्म पनि हेलिकप्टर नपाएको एकजना मतदान अधिकृत रविन्द्र शाहीले जानकारी दिए।
समयमै मतपेटिकाहरू सदरमुकाम नपुग्दा मतगणनामा ढिलाइ भइरहेको छ।