काठमाडौं। ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई मतान्तर घटाउँदै लगेका छन्।
मतगणनाको शुरुवातदेखी नै माओवादी उम्मेदवार बुढा क्षेत्रीले अग्रता लिइरहेका छन्। तर, मतगणना सकिनै लाग्दा भट्टराईले मतान्तर घटाउँदै लगेका छन्।
ताप्लेजुङको ताजा मतपरिणाम
खेलप्रसाद बुढा क्षेत्री, माओवादी– १७७१३ मत
योगेश भट्टराई, एमाले– १७६२२ मत
मतान्तर– ९१
गणना गर्न बाँकी– ९५५५ मत