वीरगञ्ज। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी भएका छन्।
नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पाँच हजार पाँच सय ३० मतको फराकिलो अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका रिजाल विजयी भएका हुन्।
रिजालले ३१ हजार एक सय ४२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्धी मन्सुरीले २५ हजार ६ सय १२ मत प्राप्त गरे।