रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी भएका छन् ।
१२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बनेका हुन । उनले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याए ।
खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।