गोरखा । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (२) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन्।
कांग्रेस गोरखाका सभापति न्यौपानेले एमालेका मोहनप्रसाद भट्टराईलाई दोब्बर मतान्तरले पराजित गरेका हुन् ।
२९ हजार ६ सय ८६ मत खसेकोमा न्यौपानेले १६ हजार २ सय ६० मत पाउँदा भट्टराईले ७५३३ मत मात्र ल्याएका छन्।