काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ ।
तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान ९ बजेसम्म १ लाख १७ हजार ३ मत प्राप्त गरेको हो ।
पहिलो स्थानमा रहेको एमालेले २ लाख २१ हजार ६५३ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९८हजार ७६९ मत पाएको छ ।
यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९२ हजार १८४ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार ९०१ मत पाएको छ।