काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
बुधबार बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार दुर्घटनामा परेर जिपका धनीसहित पाँच जनाको मृत्यु भएको हो ।
मृतकको पूर्ण विवरण आइनसकेको उनको भनाइ छ । घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।