काठमाडौं ।काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् ।
उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
गौतमले १५ हजार २२९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । यस्तै, गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७४९ मत पाइन् ।