काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४,९५६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याएका छन् । रवि दोस्रो स्थानका पोखरेलभन्दा २,८४१ मतले अगाडि छन् ।