मोरङ । मोरङको क्षेत्र नं. ५ (१) मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको हो । उनले नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन् ।
एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्ने जनाएको छ ।