काठमाडौं । रुकुम पूर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजयी भएका छन्। पुन मगर चार हजार चार सय ६५ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धन तर्फका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीले तीन हजार ९ सय ३२ मत प्राप्त गरेका हुन्। ओलीले पुन मगर भन्दा ५३३ कम मत प्राप्त गरेका हुन्।