काठमाडौं । काठमाडौ–३ मा नेपाली काग्रेसले जित हात पारेको छ। कांग्रेसका उम्मेदवार सन्तोष चालिसले जित हात पारेका हुन्।
चालिसेले ९ हजार २६५ मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई पराजित गरेका हुन्। ०७४ सालमा राईले उक्त निर्वाचन क्षेत्रमा जित हासिल गरेका थिए। यसपटक राईलाई चालिसेले शुरुवातदेखि नै पछाडि परेका थिए।
राईले ७ हजार २४ मत प्राप्त गरेका छन्। प्रदेश सभातर्फ पनि कांग्रेसले नै जितेको छ। कांग्रेसका छिरिङ दोर्जे र विमल ठकुरीले जित हात पारेका हुन्।
०७४मा एमालेले प्रतिनिधि सभा र एक प्रदेश सभामा जितेको थियो। यसपटक कांग्रेसले क्लिनस्विप गरेको छ।