उदयपुर । उदयपुर २ बाट एमालेका अम्बरबहाुदर रायमाझी विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पछाडि पार्दै निर्वाचन जितेका हुन् ।
रायमाझीले १५ हजार २५१ मत ल्याए भने खतिवडाले १२ हजार ८९३ मत मात्रै पाए ।
यसअघिको निर्वाचनमा भने उदयपुर-२ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका थिए। यसपटक भने सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको हो।