डोटी । एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगर सुरुवातदेखि नै अग्रता लिदै आएका छन्।
पछिल्लो मत परिणामअनुसार उहाँले ३ हजार ३०४ को फराकिलो मतान्तरले अगाडि छन्।प्रतिनिधि सभातर्फको १५ हजार १५८ मत गणना हुँदा उनले ८ हजार ३०२ मत प्राप्त गरेका छन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गौरी वलीले ४ हजार ९९८ मत प्राप्त गरेकी छन्। प्रतिनिधि सभा सदस्यका लागि डोटीमा ६ जना उम्मेदवार रहेका छन्।