काठमाडौं । नेपाली काँग्रेसले पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ।
निर्वाचन आयोगका अनुसार काँग्रेसले हालसम्म १ लाख १७७ मत प्राप्त गरेको छ। काँग्रेस दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको नेकपा एमालेले १ लाख १७ हजार १ सय ४१ मत प्राप्त गरेको आयोगको तथ्याङ्क छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ५० हजार मत कटाएको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म स्वतन्त्र पार्टीले ५० हजार ७ सय ९० मत प्राप्त गरेको हो। स्वतन्त्र पार्टी एमाले र काँग्रेस पछि तेस्रो स्थानमा रहेको छ।