काठमाडौं। चितवन–२ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।
उनलाई कांग्रेसका उमेश श्रेष्ठले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा छन्।
चितवन–२ को ताजा मतपरिणाम
कृष्णभक्त पोखरेल (सुर्य)– ३६२३
उमेश श्रेष्ठ (कांग्रेस)– ३२१६
रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)– २९७८
अहिले इच्छाकामनाका गाउँपालिकाको मतगणना सकिएको छ।
अब भरतपुर महानगरपालिका कालिका नगरपालिकाको मतगणना सुरु हुँदैछ।
अब तल्लो भेग तथा शहरी क्षेत्रको मतगणना भएपछि रविले अग्रता लिने उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले दाबी गरे। उनले लेखेका छन्, ‘तल्लो भेग सुरू हुन लाग्यो। अब घण्टी अघि बढ्छ।’