काठमाडौं। काठमाडौं–४ बाट कांग्रेसका गगन थापा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
उनी एमालेका राजन भट्टराईलाई ७४४७ मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
थापाले २१३०२ ल्याउँदा भट्टराईले १३८५५ मत पाए।
यो थापाको ह्याट्रिक जित हो। ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए।
०६४ मा थापा समानुपातिक सांसद थापाले ०७० मा एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए।
हाल कांग्रेस महामन्त्री रहेका थापा प्रधानमन्त्री बन्ने बताउँदै आएका छन्।