काठमाडौँ । काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक पुगेका छन् । पछ्याइरहेको घण्टीसँग अन्तर बढाएर काठमाडौं क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक पुगेका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले कडा टक्कर दिइरहेका थिए । तर, मतान्तर बढेपछि श्रेष्ठको सम्भावना बढेको हो ।
पछिल्लो मतगणना अनुसार, श्रेष्ठले १० हजार २० मत प्राप्त गरेका छन् भने स्वतन्त्र पार्टीका पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् । उनीहरुबीच १ हजार २९५ मतको अन्तर छ ।
सो क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमला तेस्रो स्थानमा खुम्चिएकी छिन् ।
उनले ५ हजार २७९ मत ल्याएकी छिन् भने राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो र साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौं स्थानमा छन् ।