धनगढी । कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।
यहाँँ अहिले सम्म ४८ हजार ४६ मतगणना सम्पन्न भएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरी १६ हजार हजार ६९३ मत सहित अग्रस्थानमा रहेका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १२ हजार हजार ६९८ मत पाएका छन् । राप्रपाका बिरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशंकर चौधरीले ७ हजार ४७४ मत पाएका छन् ।
क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति अगाडी
कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता कायम राखेको छ ।चार हजार ३३१ मत गणना हुँदा सो पार्टीका अरुण चौधरीले एक हजार ६६० , माओवादीका भगत बडुवालले एक हजार २६९ र एमालेका झपट रावलले एक हजार १९ मत प्राप्त गरेका छन् ।