धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले अग्रता कायम गरेका छन् ।
सुरुवाती चरणमा पछि परेका भट्टले पछिल्लो मत गणनामा नेपाली काँग्रेसका उम्मेदवार वीर बहादुर बलायरभन्दा एक सय ७७ मतले अगाडि छन् ।
भट्टले पाँच हजार दुई सय ७७ मत ल्याउँदा बलायरले पाँच हजार एक सय मत ल्याएका छन् ।