काठमाडौँ । चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा मृत्यु भएको छ ।
चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए ।
५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।
३५ वर्षका महाबिरलाई ७:३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो । गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ।
चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् । पछिल्लो समय दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।