काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमको अग्रता कायमै छ ।
उनले प्रतिष्पर्धी उम्मेदवार भन्दा झण्डै एक हजार मतको अग्रता बनाएकी छिन् । सोविता गौतमले २८ सय मत ल्याएकी छिन् । माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा पुगेकी छिन् ।
घर्तीको १९ सय ६३ र राप्रपाकी कुन्ती पोखरेलको १९ सय मत आएको छ । चौथो स्थानमा रहेका एमालेका मणिराम फुयाँलको भने १८ सय २ मत रहेको छ ।