चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २६०३ मत ल्याई अग्रस्थानमा छन् ।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २३८४ मतका साथ दोस्रो स्थानमा छन् ।
मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा उक्लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २२६३ मत पाएका छन्।