मनाङ । प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ 'क' बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।
गुरुङले १२५५ मत पाउँदा एमालेका राजन गुरुङले ९२५ मत पाएको प्रमुख जिल्ला निर्वाचन अधिकृत सिलवालले बताए।
यो सँगै कांग्रेसले ३ प्रदेशमा जिते निकालेको छ। यसअघि कांग्रेसले मुस्ताङको दुबै प्रदेश सभामा जित निकालेको थियो। मनाङ ‘ख’मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत भइसकेका छन्।