काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ ।
केही दिनदेखि अस्वस्थ रही चितवनमा उपचारत गुरुङको आज निधन भएको सो पार्टीका केन्द्रीय सदस्य खेमजङ्ग गुरुङले जानकारी दिए ।
मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका उम्मेदवार गुरुङको उच्च रक्तचापका कारण निधन हुन पुगेको उनको भनाइ छ ।
शनिबार रक्तचापका कारण बेहोस भएपछि तत्काल बेंसीशहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो ।