डोटी । डोटीमा मतगणना आज साँझ बाट सुरु भएको छ । डोटीबाट प्रतिनिधि सभा तर्फ बाम लोकतान्त्रिकका तर्फबाट प्रेम बहादुर आलेले सुरुवाती अग्रता लिएका छन् ।
एक हजार दुई सय ५२ मत गणना हुँदा आलेले छ सय २९ मत पाएका छन् । दोस्रोमा एमाले छ। एमालेका उम्मेदवार गौरी ओलीले चार सय ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ मत पाएका छन् । एक सय चार मत बदर भएको छ ।