अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेर बहादुर कुँवरले अग्रता कायम गरेका छन् ।
चौरपाटी गाउँपालिका वडा नं १ सिउडी र रामारोशन गाउँपालिका गाउँपालिका वडा नं १ मलातीकोटका समेत गरी दुई हजार दुई सय ४० मत गणना हुँदा समाजवादीका कुँवरले एक हजार ५१ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट बोहराले आठ सय २९ र स्वतन्त्र उम्मेदवार राजन कुँवरले एक सय ४५ मत पाएका छन् ।