डडेल्धुरा । डडेल्धुरामा मत गणना जारी छ । प्रधानमन्त्री शेर बहादुर देयवाको गृह जिल्ला समेत रहेका यहाँ आज दिउसो ३ बजेबाट सुरु भएको थियो ।
दुई हजार मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ९४९ मत पाएर अग्रता कायमै राखेका छन् ।
उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पन्छाईरहेका छन् । सो मतगणनामा ढकालले ४२२ मत ल्याएका छन् भने कांग्रेस (बिपी) का कर्ण मल्लले ४२५ मत ल्याएका छन् ।