डडेल्धुरा ।डडेल्धुरामा एक हजार मत गणना भएको छ । आज दिउसो ३ बजेबाट सुरु भएको मतगणना जारी छ ।
एक हजार मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४६३ मत पाएर अग्रता कायमै राखेका छन् ।
यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले २०९ मत पाएका छन्।स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छन्।