काठमाडौं। आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदातको मतगणना भइरहेको छ।
धेरै स्थानमा मतगणना सुरू भइसकेको छ भने बाँकी स्थानमा मतगणना सुरू गर्ने तयारी छ।
हालसम्म कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभातर्फ १–१ स्थानमा विजयी हासिल गरेको छ।
मुस्ताङ प्रतिनिधिसभा तर्फ कांग्रेसका योगेश गौचन र मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ।
जरी मतगणनामा कांग्रेस १६, एमाले १३, राष्ट्रिय स्वतन्त्र पार्टी ६, राप्रपा र जनमत ३–३, माओवादी र समाजवादी २–२ स्थानमा अगाडि छन्।