काठमाडौं। रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
सो पार्टीले ८६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनको समर्थन पाएको जनमुक्ति पार्टीका केशव थापाले ५७ मतका साथ पछ्याइरहेका छन्।
एमालेका उपाध्यक्ष विष्णु पौडेल ५४ मतका साथ तेस्रो स्थानमा छन्।
यस्तै, रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ। जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन्।
गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन्। चौधरीले ७४ मत पाएका छन्।
त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन्।