काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दललाई उपेक्षा गरेर अगाडि बढ्न अन्य दललाई सकस हुने बताएका छन्।
सोमबार सञ्चारकर्मीहरुसँग बोल्दै उनले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका हुन्। ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला,’ उनले भने।
यस्तै, सञ्चारकर्मीहरुले जितेपछि कुन मन्त्रालय माग्नुहुन्छ भन्ने प्रश्न गरेका थिए। सो प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म त्यो फेजमा पुगिसकेको छैन। मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुन्छ। निर्वाचन नजितिकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित हुँदैन।’