काठमाडौं। भाजपाले गुजरात विधानसभा चुनावका लागि उम्मेदवार घोषणा गरेको छ। भाजपाका उम्मेदवारहरूबीच एउटा नामको चर्चा चलिरहेको छ।
भाजपाले जामनगर उत्तरबाट क्रिकेटर रविन्द्र जडेजाकी पत्नी रिवाबा जडेजालाई टिकट दिएको छ। रिवाबा जडेजा करिब तीन वर्षदेखि भाजपामा सक्रिय छन्।
पार्टीले वर्तमान सरकारबाट भूपेन्द्र पटेल र हर्ष संघवीलाई टिकट दिएको छ। उनीबाहेक अल्पेश ठाकोरले पनि टिकट पाएका छन्।
गुजरात विधानसभा चुनावको घोषणा भएको छ। डिसेम्बर १ र ५ मा मतदान हुनेछ भने डिसेम्बर ८ मा मतगणना हुनेछ।