काठमाडौं। पाकिस्तान आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३२, कप्तान बाबर आजमले २५, मोहम्मद हरिसले ३१ र शन मसुदले २४ रनमा अविजित रहे।
बंगलादेशका नासुम अहमद, सकिब अल हसन, मुश्ताफिजुर रहमान र एबादोत हसनले एक एक विकेट लिए।
त्यसअघि एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो। बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४, शादब खानले २, हरिस रौफ र इफ्तिखार अहमदले एक एक विकेट लिए।
योसँगै टि२० विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ।
सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्। भारत यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ।