काठमाडौं। श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्।
उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको बीबीसीले जनाएको छ। दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ।
दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको बताइएको छ। दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए। त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए।
उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन्।