काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू-१७ फुटबल टोलीलाई बिदाइ गरेको छ।एन्फाले शनिबार एएफसी यू-१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे ।नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ।मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।