काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित क्रिकेटर सन्दीप लामिछानेले वरीयता सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा बलिङतर्फ सन्दीप लामिछानेले वरीयता सुधार गरेका हुन्। उनी १ स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन्।
बलात्कारको आरोपपछि सन्दीप हाल फरार छन्।
यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको आइसिसी ब्याटिङ वरीयतामा सुधार भएको छ। नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा दीपेन्द्र ५९ औँ स्थानमा रहेका छन्। दीपेन्द्र अलराउण्डर वरीयताको १० औँ स्थानमा कायमै रहेका छन्।
ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ। नयाँ वरीयतामा कुशल ५४ औँ स्थानमा यथावत् रहेका छन्।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन्।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन्।