काठमाडौँ । नेपाल-बंगलादेश मैत्रीपूर्ण खेल भोलि मंगलबार हुँदैछ । दशरथ रंगशालामा हुने उक्त खेलमा नेपालको तर्फबाट किरण कुमार लिम्बुले कप्तानी गर्ने भएका छन् ।नेपालले फिफा घरेलु मैदानमै इन्टरनेसनल विन्डोअन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
आज (सोमबार) भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण पनि उपस्थित थिए । प्री-कम्फ्रेन्स कार्यवाहक प्रशिक्षक हुमागाईले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।
यसअघि तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादपछि किरणसहित ११ सिनियर खेलाडीहरू टोलीमा थिएनन् । गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा पनि किरण टोलीमा परेका थिएनन् ।