काठमाडौँ । चर्चित अभिनेत्री एवम् राप्रपाकी नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
सोमवार सामाजिक सञ्जालमार्फत उनले मोरङ क्षेत्र नम्बर ३ मार्फत प्रतिनिधि सभा उम्मेदवारको रूपमा घोषणा गरेकी हुन् ।
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम शुरू भएसँगै उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् ।