काठमाडौं । घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह 'बी'को विजेता नेपालले सेमिफाइनलमा समूह 'ए' को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो ।
समूह चरण अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो । जुन हारले भारत समूह उपविजेता बनेको हो ।
नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।
नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । खेल ५:३० बजे सुरु हुनेछ । यस्तै पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । जुन खेल दिउँसो १ बजे सुरु हुनेछ । बंगलादेशले समूह 'ए' को विजेता र भुटान 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।